
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ३१ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख १ हजार ९९ जनामा कोरोना पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३१ लाख १३ हजार २०१ पुगेकोे छ ।
ती मध्ये ७ करोड ४७ लाख ४५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३१ हजार ५९१ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा १२ हजार ६३८ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख २७ हजार ८५२ पुगेको छ ।
हाल विश्वभर २ करोड ६१ लाख ३९ हजार ९७८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ३६७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६६ लाख ५५ हजार ७४० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६३ लाख २८ हजार ९५० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ३८१ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख ७६ हजार ४०९ सक्रिय संक्रमित छन् । ती मध्ये २४ हजार ४८८ गम्भिर बिरामी रहेका छन् ।
