
स्याङ्जा । आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको आयोजनामा स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका वडा नं। ४ र ६ साथै भिरकोट नगरपालिकाको वडा नं। ८ का २८ जना व्यबसायिक अगुवा किसानलाई प्राङ्गारिक उन्मुख व्यवसायिक तरकारी उत्पादन र वजारीकरण तालिम पुतलिबजारमा सम्पन्न भएको छ ।
त्रिकोण डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित स्याङ्जामा प्राङ्गारिक उन्मुख कृषि बाली प्रबर्धन आयोजनामा आबद्ध प्राङ्गारिक व्यबसायिक उत्पादनका लागि छनौटमा परेका व्यबसायिककृषकहरुलाई प्राङ्गारिक ब्यवसायिक तरकारी खेतीको उत्पादन, प्राङ्गारिक कृषि फर्म विकास, बाली बिमा, बालीको प्रमाणीकरण तथा बजारीकरण क्षमता विकास गरीदिगो आय–आर्जनसाथै स्वस्थ जीबिकोपार्जनमा टेवा पु¥याउने लक्षका साथ उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागीहरुलाई ब्यवसायिक प्रांगारिक तरकारी बालीको महत्व र फाइदा, ब्यवसायिक प्रांगारिक कृषि फर्मको स्थापना र सञ्चालन, सिंचाईको व्यबस्थापन र नर्सरी व्याड स्थापना, फार्ममा मलखाद साथै रोग किराको व्यवस्थापन र सुन्य बजेट प्राङगारिक खेती उत्पादन प्रणाली, बाली सुरक्षण वीमा सम्वन्धी ब्यवस्था, बालीको टिपाई, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण साथै प्रांगारिक बाली प्रमाणीकरणबिधि र प्रक्रिया लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।
२०७७ माघ १३ गतेदेखि ५ दिन सम्म सञ्चालन भएको उक्त तालिममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेल कार्यक्रम प्रमुख हरीप्रसाद ढकाल तथा कार्यक्रम संयोजक यदुप्रसाद पौडेल, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाल तथा अधिकृत गुरुप्रसाद अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका ईश्वरी प्रसाद रेग्मी, कृषि विकास बैंक स्याङ्जाका बिजयमान श्रेष्ठ, आँधीखोला कृषि उद्यम सहकारी संस्थाका रविन पौडेलले सहजीकरण गर्नुभएका थिए ।
