पोखरामा पानीपँधेरोको एकै पटक ५ शाखा विस्तार

Share:

पोखरा । पोखरामा पानीपँधेरोको शाखा विस्तार गरिएको छ । आइतबार पत्रकार सम्मलेनको आयोजना गर्दै पानीपँधेरो ट्रेड प्रालिले नागढुङ्गामा नयाँ शाखा विस्तार गरिएको जानकारी गराएको छ । उक्त शाखालाई माघ २२ गते कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले उद्घाटन गर्नेछन् ।

२०७६ सालमा स्थापना गरिएको पानीपँधेरोले यो सँगै ६ वटा शाखा विस्तार गरिसकेको छ । दुई वर्षमै पोखराको नागढुङगा, हरिचोक, बिरौटा, बगर, काहुँखोला सहित तनहुँको भिमादमा शाखा विस्तार गर्न सफल भएको अध्यक्ष कुलदिप भट्टराईले जानकारी गराए । उनका अनुसार पानीपँधेरोले खाद्यन्न, कस्मेटिक, फेन्सी सामान, भाँडाकँुडा, गिफ्ट, स्टेशनरी, बच्चाका सामाग्री, फ्रोजोन सामाग्री, बेकरी आइटम, पियपदार्थ, घडी, चस्मा, होटलका आइटम सहित थोक तथा खुद्रा सामानहरुको विक्रि वितरण गर्दै आएको छ ।

ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्री सर्वसुलभ दरले पानीपँधेरोले उपलब्ध गराउँदै आएको उनले बताए ।

त्यस्तै ग्राहकको सुविधाका लागि १०१ दिने उपाहार योजनाको १ थान स्कूटर, १ थान माउन्टेन बाइक, १ थानवासिन मेसिन, १ थानओभन र १८ जनालाई सान्तोना पुरस्कार स्वारुप २२ गते नै वितरण गरिने कार्यक्रम संयोजक सुर्य श्रेष्ठले जानकारी गराए ।

आफु सँगै १८ जनाको समुहले करिब १० करोडको लगानीमा पानीपँधेरो संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष किशोर सुवेदीले जानकारी गराए । उनकाअनुसार लगानी गर्नेहरुमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र स्थानीय तहमा व्यवसाय संचालन गरेका सफल व्यवसायीहरु रहेका छन् ।

गण्डकी प्रदेशका अन्य जिल्लामा समेत पानीपँधेरोको शाखा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेको उनले बताए । उनले भने, “यसै आर्थिक वर्षमा प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने योजनामा छौं ।”

पानीपँधेरोका सबै शाखाहरुमा करिब १ सयजना कर्मचारी आबद्ध भएको म्यानेजर दिबिन भट्टराईले जानकारी गराए । उनले आफुहरुले विक्रिवितरण गर्ने सामानहरु कम्पनीबाटै सिधै ल्याउने भएकाले ग्राहकलाई सस्तो पर्ने बताए । विचौलियाका माध्यम सामान खरिद गर्दा महङ्गो पर्न जाने अनुभवका आधारमा उनी बताउँछन् । शुलभ मुल्यमा सजिलै सामान खरिदको वातावरण पानीपँधेरोमा मात्र भएको उनले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: