
पोखरा । देशका केही स्थानको मौसम मंगलबार (आज) आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकोले केही स्थानको मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशका पहाडी भू–भागमा आशिंक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदुर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।
यस्तै, राति प्रदेश नं. ७ र अन्य देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं. १, सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
