
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ३९ लाख २१ हजार ८१३ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ९२ हजार ५६५ जनामा कोरोना पुष्टि भएको छ ।
ती मध्ये ७ करोड ५७ लाख १७ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ९१ हजार ७७८ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ९ हजार २१० जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख ४७ हजार १८ पुगेको छ ।
हाल विश्वभर २ करोड ५९ लाख ५७ हजार ११ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ६१३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६९ लाख ११ हजार ३७५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६६ लाख २९ हजार ५३० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार २१३ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख २७ हजार ६३२ सक्रिय संक्रमित छन् । ती मध्ये २३ हजार ८६० गम्भिर बिरामी रहेका छन् ।
