इजिप्टमा १ सय ८३ जनालाई मृत्युदण्दको सजाय

Share:

एजेन्सी कायरो, माघ १९ / इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुड सर्मर्थित १ सय ८३ जनालाई सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुलाई सन् २०१३ मा १६ प्रहरी अधिकारीको हत्यामा भूमिका खेलेको अभियोगमा सो सजाय दिइएको हो।

निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ता च्युत गरेपछि इजिप्ट सरकारले मुस्लिम ब्रदरहुड दलका समर्थकप्रति कडा रवैया अपनाइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: