सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार आज पनि ओरोलो लागेको छ ।

आज सुन तोलामा ९ सय रुपैयाँले घटेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार पनि ६ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: