भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नाघ्यो

Share:

पोखरा । भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ८ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप १२ हजार ४१० जनामा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख ३ हजार ५३३ पुगेको हो ।

हालसम्म भारतमा १ करोड ४ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १५ हजार ८९३ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको छ ।

हाल भारतमा १ लाख ५३ हजार २७० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: