पोखरामा आफ्नै सुत्ने कोठामा महिला मृत फेला, श्रीमान नियन्त्रणमा

Share:

पोखरा । पोखरामा आफ्नै घरको सुत्ने कोठामा एक महिला मृत फेला परेकी छन् ।

शुक्रबार बिहान ८ः४५ बजे पोखरा महानगरपालिका–३३ उपल्लो पुडी बस्ने ४२ वर्षीया हरी माया पुन मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको श्रीमान बम बहादुर पुनलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: