नवलपरासी पूर्वबाट लागूऔषध सहित ४ युवा पक्राउ

Share:

नवलपुर । नवलपरासी पूर्वबाट लागूऔषध सहित ४ जना युवा पक्राउ परेका छन् ।

शनिबार बिहान ९ः५५ बजे जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरे बजार स्थित पूर्व पश्चिम राजमार्गमा सवारी चेकीङको क्रममा बसमा सवार ४ जना युवा लागूऔषध सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१५ बस्ने २० वर्षीय इजहार मिया, कास्की पोखरा महानगरपालिका–१२ बस्ने वर्ष १८ को निशान गुरुङ, पोखरा–१० बस्ने वर्ष १८ को शसान्त थोकर र पोखरा–९ बस्ने वर्ष १८ को मनिस मगर रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मियाको साथबाट ओनोरेक्स १४ सि.सि., ओनारेक्स २६ सि.सि, स्पास्मो ८ ट्याप्लेट र नाईट्रोभेट २४ ट्याप्लेट तथा पोखराका तीन युवाको साथबाट पनि डाइजापम ४९ एम्पुल, नोफिन ४९ एम्पुल र फेनारगन ४९ एम्पुल गरी १४७ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको छ ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: