
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ७३ लाख ८७ हजार ९८६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ७७ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ ।
तीमध्ये ७ करोड ९४ लाख ४२ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ७२ हजार ८० जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा १३ हजार ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ४९ हजार १०२ पुगेको छ ।
हाल विश्वभर २ करोड ५५ लाख ९५ हजार ९७४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख २ हजार ५८० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार ९४६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ ।
हाल अमेरिकामा ९६ लाख ८० हजार ९५७ सक्रिय संक्रमित छन् । ती मध्ये २१ हजार ४६० गम्भिर बिरामी रहेका छन् ।
