पोखराका थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका थप ४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका २ वटा वडाका ४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. ४ का ६३ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला र वडा नं. ८ का ४४ वर्षीय पुरुष तथा ७७ वर्षीया महिला रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७३४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: