
काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।
निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् ।
हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् ।
पक्राउ अगाडि नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
रिहाइ माग गर्दै प्रदर्शन
यसैबिच, पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै प्रदर्शन सुरु भएको छ ।
बानेश्वरको मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरुले झाँक्रीको तत्काल रिहाइको माग गरेका छन् ।
