देशभर थप ८१ जनामा कोरोना संक्रमण, ५ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर थप ८१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३२ महिला र ४४ पुरुष गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयलले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ । गत २४ घण्टामा देशभरबाट थप १११ जना निको भएका हुन् ।

अहिले देशभर १ हजार ७१८ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८७ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार २३ परिक्षण भएको छ भने हालसम्म २१ लाख ७ हजार ६४९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: