
पोखरा । छिमेकी देश भारतमा थप १२ हजार १३७ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख ९२ हजार ५५० पुगेको हो ।
तीमध्ये १ करोड ५ लाख ९८ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ३५८ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १०४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ५८८ पुगेको छ ।
हाल भारतमा १ लाख ३८ हजार २५३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
