विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ४२ हजार १५१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ११ करोड २० हजार ९१४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार ७७७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख २८ हजार ३१४ पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड ४८ लाख ३६ हजार ९२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ७२ हजार ४६६ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड २७ लाख ५५ हजार ६७९ सक्रिय संक्रमित छन् । ती मध्ये ९७ हजार २२८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख ८१ हजार २२० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८४ लाख ७९ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ ।

हाल अमेरिकामा ९४ लाख १ हजार ८११ सक्रिय संक्रमित छन् । ती मध्ये १८ हजार ७१६ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: