
पोखरा । पोखराका ६ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुधबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका थप ९ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ६ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, म्याग्दी, स्याङ्जा र तनहुँका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका वडा नं.२ का ५७ वर्षीय पुरुष, वडा नं.३ का ५२ वर्षीय पुरुष, वडा नं.९ की ९० वर्षीया महिला, वडा नं.१० की ४१ वर्षीया महिला, वडा नं.११ की ३६ वर्षीया महिला, वडा नं.२६ का ५९ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
म्याग्दीको बेनी वडा नं.७ का ६१ वर्षीय पुरुष, स्याङ्जाको कालिगण्डकी वडा नं.५ का ६८ वर्षीय पुरुष पुरुष एवं तनहुँको शुक्लागण्डकी वडा नं.१ का ६४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८६३ पुगेको छ ।
