देशका अधिकांश क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ?

Share:

पोखरा । देशका अधिकांश क्षेत्रको मौसम आज बिहीबार आंशिकदेखि सामान्य बदली रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्त, राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: