
पोखरा । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो ।
अहिले बिहान प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्तै, राति पनि प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पहाडी भूभागका एक दुई स्थानमा शुक्रबार राति पनि हल्का वर्षा हुने सम्भावना समेत रहेको जनाइएको छ ।
