संसद विघटन मुद्दाको बहस सकियो, १० गतेभित्र बहस नोट दिन प्रधानन्यायाधीशको आग्रह

335
0
Share:

काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन आग्रह गरेका छन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: