
पोखरा । देशभर थप ९७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या २ लाख ७३ हजार २६३ स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्य नेपालमा २ लाख ६९ हजार ६१९ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ११४ जना निको भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
अहिले देशभर १ हजार ५८३ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६८ जना छन् ।
कमेन्ट गर्नुहोस्
