
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड १२ लाख ३२ हजार ७५६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ३ हजार ३६ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा १० हजार ९७१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ६२ हजार ६६३ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड ६१ लाख ४१ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ६६ हजार ४६४ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड २६ लाख २८ हजार ८३१ सक्रिय संक्रमित छन् । ती मध्ये ९४ हजार ८९९ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८६ लाख ३ हजार ८१३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८८ लाख ३ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ७४६ पुगेको छ ।
हाल अमेरिकामा ९२ लाख ९२ हजार ३४४ सक्रिय संक्रमित छन् । ती मध्ये १७ हजार ६७२ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
