तनहुँमा सवारी दुर्घटनाः स्कुटर चालकको मृत्यु, मोटरसाइकल चालक घाइते

Share:

पोखरा । तनहुँमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार बिहान ७.०० बजे पृथ्वीराजमार्ग अन्तरगत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा पाटनबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ६२५ नं.को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक शुक्लागण्डकी–८ पाटन निवासी २२ वर्षीय सन्देश भट्टराईको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी–३ निवासी १७ वर्षीय अमृत श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: