
पोखरा । देशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने भएको हो ।
अहिले बिहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना छ । बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
