‘बिग बोस सीजन १४’ को उपाधि रुबिनालाई

1017
0
Share:

काठमाडौँ । ‘बिग बोस सीजन १४’ को उपाधि रुबिना दिलाइकले हात पारेकी छन् ।

उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी हुन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।

फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् ।

राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् ।

टप टुमा रुबीना र राहुल पुगेका थिए ।

बिग बोस, भारतको सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

कमेन्ट गर्नुहोस्
Share: