गोरखाका सडकमै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

Share:

पोखरा । गोरखामा दुई पाङ्ग्रे सवारी साधनका चालकलाई सडकमै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वयमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीको आयोजनामा फागुन ३–९ गतेसम्म (सप्ताहव्यापी) उक्त प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षण कार्यक्रम गोरखा जिल्लाका बसपार्क, हरमटारी, लक्ष्मीबजार, आहाले, बाह्रकिलो, मजुवा देउराली, ठुलो आगन लगायतका स्थानमा ट्राफिक प्रहरीले दैनिक दुई घण्टा प्रशिक्षण दिएको हो ।

ट्राफिक प्रहरीले ट्राफिक प्रहरीले सडकमा गुडिरहेका दुई पांग्रे सवारी साधन (मोटर साईकल, स्कुटर) का चालकलाई सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, सडक अनुशासन, सडक सुरक्षा, दुर्घटना न्यूनिकरण र सवारी दुर्घटनाबाट बच्ने मुलभुत उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा ८१० जना दुई पाङग्रे सवारीका चालकलाई प्रशिक्षण प्रदान गरी १०१५ प्रति पर्चा पम्प्लेट विरतण गरिएको थियो ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा यस आर्थिक वर्षमा दुई पांङग्रे सवारी साधनबाट ४२ वटा सवारी दुर्घटना भएको उक्त दुर्घटनाहरुमा १० जना व्यक्तिको मृत्यु हुनुका साथै ३७ जना व्यक्तिहरु घाइते भएको तथा सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु मध्ये दुई पाङ्ग्रे सवारी साधनको संख्या अत्याधिक भएको प्रहरीले जनाएको छ । सोही कुरालाई मध्यनजर गर्दै गण्डकी प्रदेशका सबै जिल्लाहरुमा यस्ता सवारी साधनलाई सडकमै पाँच मिनेट प्रशिक्षण दिई दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सो कार्यक्रम संचालन गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: