
पोखरा । कास्कीमा मादक पदार्थ सेवन गरी दुई व्यक्तिले कुटपिट गर्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–८ कुटुमका २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रबि नेपालीले मादक पदार्थ सेवनगरी कुटपिट गर्दा सोही ठाउँ निवासी ५६ वर्षीय गोरे नेपाली गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते गोरेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कुटपिटमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिइ घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
