श्वेताले भनिन् : आफ्नो खुट्टामा उभिने प्रयास गर्दैछु

Share:

काठमाडौ । दिबंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका श्वेता खड्काले जन्मदिनको दिन आफुलाई सम्झनेहरुप्रति कृतज्ञता ब्यक्त गरेकी छिन् ।

प्रसंसक, शुभचिन्तक, साथी भाई र आफन्तले आफ्नो जन्मदिन थाह पाएर शुभकामना दिएपनि ब्यस्त समयको कारण आफु दोहोरो संवादमा सहभागी हुन नसकेको बताएकी छिन् ।

जीवनको हिरो गुमाउनुपर्दाको तीतो अनुभुतिसँगै प्रसंसक र शुभचिन्तकको आर्शिवादले अगाडी बढ्न सहयोग पुगेको उनको भनाई छ ।

‘तपाईहरुको सहयोगकै कारण आज म आफ्नो खुट्टामा उभिने प्रयाश गर्दैछु ।’ उनले भनेकी छिन् । हरेक दुःखपछि सुख खोज्ने मानविय स्वभावअनुसार सुन्दर भविष्य निर्माणका लागि प्रयाश गर्दै गरेको भन्दै उनले शुभचिन्तकलाई मुरी मुरी धन्यवाद दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: