प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

399
0
Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बेलुकी पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा कुन–कुन एजेण्डामा छलफल हुने भन्ने विषय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर, आज बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचन स्थगत, संसद बोलाउने लगायतका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते निर्वाचन गराउने गरि निर्णय गराएका थिए।

मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन दिउँसो सदर गरेकी थिइन्।

तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन फैसला सुनाएको थियो। सो फैसलापछि सरकारलाई प्रतिनिधि सभाको बैठक आह्वान गर्न बाध्यात्मक स्थिति आइपरेको छ।

बिहीबार बेलुकामात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: