
पोखरा । आज फागुन १५ अर्थात, ३९ औं मगर स्थापना दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरी देश तथा विदेशमा रहेका मगर, मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले स्थापना दिवस मनाउँदैछन् ।
वि.सं २०३९ साल फागनु १५ गते स्वर्गीय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको सम्झनामा मगर संघ र यससँग सम्वन्धित सङ्घ संस्थाहरुले स्थापना दिवसको रुपमा मगर दिवस मनाउन लागेका हुन् ।
मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको बताइन्छ ।
कमेन्ट गर्नुहोस्
