
पोखरा । देशका केही पहाडी भू–भागहरुको मौसममा मंगलबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागहरूको मौसम भने सामान्यतया सफा रहने छ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै, राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
