फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Share:

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमद्धारा जारी विज्ञप्ति अनुसार डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ सय ९३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

यसअघि गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: