
पोखरा । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या १ करोड ८ लाख नाघेको छ ।
गत २४ घण्टामा थप १३ हजार ६०४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड ८ लाख १० हजार १६२ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा थप १५ हजार ७०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ११ लाख ३९ हजार ३२३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ११० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ३८५ पुगेको छ ।
हाल भारतमा १ लाख ७१ हजार ७७६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
