सभामुख र सांसदहरुले आज कोरोनाविरुद्धको खोप लगाउँदै

Share:

पोखरा । आज सभामुख, सांसद र केही मन्त्रीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने भएका छन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ ।

यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: