
पोखरा । सिटिजन लाइफ इन्स्योरेन्सले बीमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।
मंगलबार बीमित स्व. सूर्य मोहन सुबेदीको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा स्थित घरमै पुगेर वडा अध्यक्ष भरत जंग कुँवरले मृतककी श्रीमती गंगा देवी सुबेदीलाई दाबी भुक्तानी रकम रु. ५ लाख ७० हजारको चेक प्रदान गरेका हुन् ।
साथै, कम्पनीले दोब्बर बीमाङ्क रकम अन्तर्गत १५ वर्षपछि पनि स्व. सुबेदीको परिवारलाई पुनः ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो सुविधा नेपालमै पहिलो पटक सिटिजन लाइफ इन्स्योरेन्सले ल्याएको हो ।
सुबेदीको मिति २०७७ कार्तिक ११ गते घरमा सुतेकै अवस्थामा असामयिक निधन भएको थियो । स्व.सुबेदीले तीन महिना अगाडी मात्रै कम्पनीको पोखरा शाखाबाट रु. ५ लाख बीमाङ्कको बीमालेख लिएका थिए ।
बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष कुँवरले मृतक सुबेदीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।
यस्तो दुखद् घडीमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सहज रुपमा दावी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यवाद दिए ।
उनले जीवन बीमा सबैका लागि अति महत्वपूर्ण रहेको बताउदै पहिलो पटक आफ्नै हातबाट जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरी बीमाको बारे नजिकबाट बुझ्न पाएकोमा कम्पनी प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक छबिलाल पौडेलले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कम्पनीका हेम्जा शाखा प्रमुख सन्तोष पराजुली, एजेन्सी म्यानेजर प्रकाश काफ्ले, माधव भण्डारी, महेश्वर सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम कम्पनीको पोखरा शाखा प्रमुख सरिता पोख्रेल भट्टराईले सञ्चालन गरेकी थिइन् ।

