
पोखरा । पोखराका २३ सहित गण्डकी प्रदेशमा आज बुधबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका २६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत, स्याङ्जा र तनहुँका एकएक जनामा पनि कोरोना देखिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ का १८, २८ र ४७ वर्षीया महिला, वडा नं. ७ की ५० वर्षीया महिला, वडा नं. ८ का ४२ वर्षीय पुरुष, वडा नं. १२ का ४३ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं. १३ का ४२ वर्षीय पुरुष, वडा नं. १५ का २३ र ७७ वर्षीय पुरुष, वडा नं. १६ का ५२ र ६८ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं. १७ का ४८ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं. २९ की ३७ वर्षीया महिला, वडा नं. ३० की ४३ वर्षीया महिला, वडा नं. ३१ का ५७ वर्षीय पुरुष, वडा नं. ३२ का १५, २५, ३९ र ७६ वर्षीय पुरुष तथा ४१ वर्षीया महिलामा कोरोना देखिएको हो ।
पर्वतको फलेबास नगरपालिका वडा नं.५ का ३१ वर्षीय पुरुष, स्याङ्जाको वालिङ नगरपालिका वडा नं.३ की २४ वर्षीया महिला एवं तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.६ की २२ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ९६ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ३७ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ६८५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २०६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १८४ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १७५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३१ हजार १५९ नमुना परिक्षण भएको छ ।
