कांग्रेस पदाधिकारी बैठक आज बस्दै

662
0
Share:

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीबार बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद बैठक विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले भने यही फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएको थियो । सोहीअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।

कमेन्ट गर्नुहोस्
Share: