
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा बिहीबार सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
यससँगै सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको जनाइएको छ ।
सहमतिको विस्तृत विवरण भने शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ ।
कमेन्ट गर्नुहोस्

