
पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहने छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।
शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू–भागहरुको एक÷दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति वर्षा र हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
