‘मध्य त्रिशुली गंगा नदी जलविद्युत आयोजना’ निर्माण गरिने

Share:

नुवाकोट, माघ २५ । नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको ‘मध्य त्रिशुली गंगा नदी जलविद्युत आयोजना’ निर्माण गरिने भएको छ ।

पर्फेक्ट ईनर्जी डेभलमेण्ट प्रालि काठमाडौ प्रस्तावक रहेको आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन जानकारी तथा सार्वजनिक सुनुवाई गर्दै चार वर्षभित्र पूरा गर्ने गरी आयोजना बनाउन लागेको जानकारी दिइएको हो ।

करिब १० अर्ब ३७ करोड रुपैयाँ लगानीमा ५५ मेगावाट विद्युत उत्पादन गरिने आयोजनाको नुवाकोटको मनकामना–३ र रसुवाको लहरेपौवा–१ मा बाँध निर्माण गरी तुप्चे–२ मा उत्पादन गृह रहने सर्वेक्षण गरिएको छ ।

पर्फेक्ट ईनर्जी डेभलमेण्ट प्रालिले स्वदेशी लगानीमा बनाउने आयोजनाले प्रभावित जिल्लाका नागरिकलाई दश प्रतिशत शेयर दिने अध्यक्ष ग्याल्चे लामाले बताए ।
स्थानीयबासिन्दाले भने ऐतिहासिक धार्मिकस्थल उत्तरगयाधामको संरचना बिग्रने भएकाले आयोजनाको निर्माण संरचनामा पुनर्विचार गर्नुपर्ने माग राखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: