
पोखरा । देशभरमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र ३३ जना पुरुष गरी कुल ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ६५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये २ लाख ७० हजार ८२८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६२ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा ३ हजार १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८१७ रहेको छ । क्वारेन्टीनमा ५५ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५३५ परिक्षण भएको छ भने हालसम्म २१ लाख ८८ हजार ७२५ परिक्षण भएको छ ।
