मौसमः आज देशका कुन क्षेत्रमा कस्तो रहन्छ?

Share:

पोखरा । पहाडी क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली भइ अन्य भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ।

आइतबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको छ । केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति पनि पहाडी भू–भागमा सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका थोरै स्थान तथा बागमती र प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: