पोखराका ९ सहित गण्डकीमा आइतबार थप १८ जनामा कोरोना पुष्टि, २१ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ९ सहित गण्डकी प्रदेशमा आइतबार थप १८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका १८ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ९ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका ५ जना, बाग्लुङका ३ जना र पर्वतका एक जनामा पनि कोरोना देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं.३ का ४१ वर्षीय पुरुष, वडा नं.५ का २४ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.६ का ४२ वर्षीय पुरुष, वडा नं.१४ का ५४ वर्षीय पुरुष, वडा नं.१७ की २६ वर्षीया महिला, वडा नं.१९ का २१ वर्षीय पुरुष, वडा नं.२९ की ४९ वर्षीया महिला, वडा नं.३० का ४१ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.६ की २६ वर्षीया महिला, वडा नं.११ का ८२ वर्षीय पुरुष तथा ६८ वर्षीया महिला, व्यास नगरपालिका वडा नं.६ की २९ वर्षीया महिला, भिमाद वडा नं.८ का ५० वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का ४२ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.४ का ८० वर्षीय पुरुष एवं पर्वतको कुश्मा नगरपालिका वडा नं.३ की २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १४७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २१ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ७४६ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १९६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १३९ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३२३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३२ हजार २५८ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: