पोखराको एक महिलाको शव फेला

Share:

पोखरा । पोखराको नयाँबजारमा एक महिलाको शव फेला परेको छ ।

आइतबार बिहान अन्दाजी १० बजे पोखरा महानगरपालिका–९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज अगाडी सडक छेउमा पोखरा महानगरपालिका –१८ सेदी बस्ने ३९ वर्षीया विमला वि.कको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: