भारतमा थप १८ हजार ६९१ जनामा पुष्टि

Share:

पोखरा । भारतमा थप १८ हजार ६९१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख २९ हजार २७१ पुगेको छ ।

तीमध्ये १ करोड ८ लाख ८० हजार ८८० जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप १४ हजार ३४४ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८९० पुगेको छ ।

हाल भारतमा १ लाख ९० हजार ५०१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: