
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड ७७ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि २ लाख ९२ हजार ३९४ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ११ करोड ७७ लाख ४४ हजार ३५१ पुगेको हो ।
ती मध्ये ९ करोड ३४ लाख १६ हजार ४६२ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ३ हजार २८७ जना निको भएका हुन् ।
गत २४ घण्टामा ६ हजार ४३१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ११ हजार ७२२ पुगेको छ ।
हाल विश्वभर २ करोड १७ लाख १६ हजार १६७ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ७३२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९७ लाख ४४ हजार ६५२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३८ हजार ६२८ पुगेको छ ।
हाल अमेरिकामा ८७ लाख ५६ हजार ३९० सक्रिय संक्रमित छन् । ती मध्ये १२ हजार ८८२ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
