
तनहुँ । तनहुँमा मंगलबार माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
धादिङ नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल तनहुँ शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा स्थित किमलघाटमा बस्ने वर्ष ५३ को धन बहादुर गुरुङको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीकार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान ११ः१५ बजे काम गर्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
