
पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको संयुक्त आयोजनामा सञ्चालन भईरहेको क्यानभाषमा बाल मनोविज्ञान प्रदेश स्तरीय चित्रकला प्रतियोगीताको प्रथम चरण सम्पन्न भएको छ । प्रथम चरणमा प्रदेशभरीबाट जम्मा १९७ वटा चित्रदर्ता भएको आयोजकले जानकारी दिएको छ ।
प्रथम चरणमा इन्द्रेणी थिएटरको वेबसाईटमा दर्ता भएका सम्पूर्ण चित्रहरु मध्येबाट उत्कृष्ट दश प्रतियोगी छनोट गरिने र उत्कृष्ट दश प्रतियोगीलाई पुनःचित्र कोर्न लगाई उत्कृष्ट चार जनालाई पुरस्कृत गरिने इन्द्रेणी थिएटरका निर्देशक रामहरि अधिकारीले बताए ।
प्रतियोगीताको प्रथम चरणको विषय बाल अधिकार समाज निर्माणको आधार थियो भने दाश्रो चरणको विषय वातावरण जीवनको आधारशिला रहेको छ । छनौटमा परेका १० जना विद्यार्थीलाई कार्यक्रम स्थलमा नै चित्र कोर्न लगाई पुरस्कृत छनोट गरिने लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका अध्यक्ष सुनिल कुमार ठाकुरले जानकारी दिए ।
वेबसाइट मार्फत प्राप्त भएका चित्रहरुको मुल्याङ्कन गरि छिट्टै नै नतिजा प्रकाशन गरिने छ । नतिजा संस्थाको वेबसाईट www.indrenitheater.com.np वा facebook.com/iindreni मा हेर्न सकिने कार्यक्रमका संयोजक बिकास पौडेलले जानकारी दिए ।
