
पोखरा । देशभर गत २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ५२६ जना महिला र १ लाख ७८ हजार ५४४ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार ११६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६६ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने देशभर कसैको पनि कोरोनाले मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ । क्वारेन्टीनमा ५९ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ४८४ परिक्षण भएको छ भने हालसम्म २२ लाख ७ हजार ९२२ परिक्षण भएको छ।
