हिमालय क्लवद्वारा लहरे बाली वितरण

Share:

पोखरा । पोखरा १६ वाटुलेचौरमा रहेको हिमालय क्लवले कृषिको प्रर्वद्घन गर्ने उद्घेश्यले लहरे बालीका विरुवा वितरण गरेको छ ।

क्लवमा आवद्घ आजीवन सदस्यलाई एक कार्यक्रमका विच घिरौला, काक्रा लगायतका विभिन्न जातका ८ सय वटा लहरे वालीका विरुवा वितरण गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिए ।

कार्यक्रमको क्लवका मानार्थ सदस्य एवं कृषिविज्ञ वेनी व वस्नेतले सल्लाहाकार तारा प्रसाद तिमिल्सीनालाई विरुवा हस्तान्तरण गरी शुभारम्भ गरे । वस्नेतले कृषि क्षेत्रको प्रर्वद्घन र विकासका लागी हरेक सदस्य कुनै न कुनै कृषि कर्ममा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि संजाल पोखरा १६ का संयोजक सुवासबाबु अधिकारी, क्लवका अध्यक्ष मोहन थापा, सचिव प्रकाश थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: